ताजा समाचार

News

गोर्खाल्याण्ड आन्दोलन विशेषः नेपाली बोल्छौं तर हामी नेपाली होइनौं

२०७४ असार १० शनिबार
image not found
असार १०  –
 पहाडमा सबैकुरा ठिक थियो । मानिसहरु आफ्नो दैनिकीमा व्यस्त थिए । पर्यटकहरुको आवतजावत जारी थियो र दार्जिलिङको चौबाटोमा राखिएको आदिकवी भानुभक्त आचार्यको प्रतिमाले गोर्खालीलाई आफ्नो मातृभाषा नेपालीको सधैं याद दिलाइरहेको थियो ।यस्तैमा पश्चिम बंगाल सरकाले ९ कक्षासम्म विद्यार्थीका लागि बांग्ला भाषालाई अनिवार्य गरिदियो ।
यसको उत्तर बंगाल पहाडी इलाकामा व्यापक विरोध भयो ।
 
गोर्खाल्याण्डको सेलाइसकेको आन्दोलनको आगो यो निर्णयपछि पुनः एकपटक दन्कियो ।चोक बजारमा ‘हाम्रो माग गोर्खाल्याण्ड’ को नारा लगाइरहेका प्रितम कार्की आफ्नो मातृभाषाको विषयमा निकै गम्भीर छन् ।
 
उनका अनुसार नेपाली सिर्फ उनको मातृभाषामात्र नभई आमा समान हो ।यस्तोमा यो प्रश्न उठिरहेको छ कि भाषाको यो मुद्दा यति महत्वपूर्ण किन छ र समस्या कहाँ छ ?
प्रितमले भने, ‘हो हामी नेपाली बोल्छौं । नेपाली पढ्न लेख्न चाहन्छौं । यो हाम्रो मातृभाषा हो । हाम्रो घर दार्जिलिङमा छ । यो शहर भारतको सीमाको हिस्सा हो । नेपाली बोल्ने हामीजस्ता लाखौं मानिस भारतीय हुन् र हामीलाई भारतीय हुनुमा गर्व छ ।’
छोड्न सक्दैनौं भाषाः
 
दार्जिलिङ हिल्समा नेपाली पत्रिका हिमालय दर्पणका सम्पादक शिव क्षेत्रीका अनुसार सरकारले बांग्ला भाषाको पढाई अनिवार्य गर्नुपर्ने कुरा उठाउनु नै हुँदैनथ्यो ।उनले बीबीसीसँग भने, ‘कुनै पनि जातीलाई समाप्त गर्नका लागि परमाणु बमको आवश्यकता पर्दैन । उनको भाषा समाप्त गरिदेउ । पहाडका मानिसहरुले बांग्ला भाषा अनिवार्य गरेर सरकाले त्यहि नीति अपनाएको भन्ने सोच्छन् । त्यसकारण यसको व्यापक विरोध भइरहेको छ । यसै पनि जब नेपाली भारत सरकारको आठौं अनुसूचीमा समावेश भाषा हो भने पश्चिम बंगालको सरकार बांग्लालाई निकै थप गर्न चाहन्छ ?’

प्रमुख समाचार

कर्मचारी

View All