ताजा समाचार

News

कुलमान घिसिङलाई बोलाएर प्रचण्डले भनेः सुदुरपश्चिममा लोडसेडिङ रहेछ, हटाउनुपर्यो !

२०७४ असार १० शनिबार
image not found
 असार १०,सुदूर संञ्चार ।
  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ नम्बर प्रदेशका जिल्लाहरुमा पनि तत्काल लोडसेडिङ अन्त्य गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् । चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रचण्डले त्यहाँ लोडसेडिङको समस्या देखेपछि काठमाण्डु फर्किएलगत्तै शनिबार घिसिङलाई भेटेर यस्तो आग्रह गरेका हुन् । प्रचण्ड प्रधानमन्त्री छँदा काठमाण्डुसहित देशका अधिकांश भू–भाग लोडसेडिङमुक्त भएको थियो ।
 
चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेश पुगेका प्रचण्डलाई यहाका  जनताले लोडसेडिङबारे गुनासो गरेका थिए । जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै यता बेलौरी र पुनवार्नको चुनावी आम सभालाई सम्बोधन गदै काठमाण्डु फर्किएलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए । तर उहाले आफुले भनेको काम गरेको र अब छिट्टै कञ्चनपुर लगायत पुरै ७ नम्बर प्रदेश लोड सेडिड् मुक्त हुने  हुन्छ कि भन्न्े आशामा यहाका जनता आशावादी रहेका छन् ।
 
शनिबार बिहान धनगढीबाट काठमाण्डु पुग्नु भएका अध्यक्ष प्रचण्डले घिसिङलाई तत्काल लाजिम्पाट बोलाएर त्यस्तो आग्रह गरेका हुन् । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।