ताजा समाचार

News

मुग्लिन पहिरोमा ज्यान गुमाएका प्रहरीप्रति गृहमन्त्रीले मुख खोले

२०७४ असार १० शनिबार
image not found
असार  १०, सुदूर संञ्चार ।
 
 शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसँगै त्रिशूलीमा गाडीसहित फसेर ज्यान गुमाएका प्रहरी अधिकारीप्रति गृहमन्त्री जनार्दन शर्माले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।शनिबार विज्ञप्ति सार्वजनिक गर्दै शर्माले नेपाल प्रहरी संगठनले नागरिकको सर्वोत्तम हितका लागि क्रियाशील आफ्ना होनाहार कर्मचारी प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केलाई गुमाउनुपरेको खबरले मर्माहत बनाएको बताउँदै उनीहरुप्रति श्रद्धाञ्जलि दिएका हुन् ।गृहमन्त्री शर्माले प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र संदीप कार्की बेपत्ता भएको खवरले विचलित बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 
गृहमन्त्री शर्माले उक्त पहिरोमा परी घाइते भएका ना ५ ख ७८२८ नम्बरको ट्रकका चालक रामकुरमार लामा र सोनू ब्लोको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘बेपत्ता प्रहरी जवानको खोजी कार्यमा सरकार तिब्रताका साथ लागि परेको जानकारी गराउन चाहन्छु’, गृहमन्त्रीको विज्ञप्तिमा भनिएको छ, ‘यो पीडादायी घडीमा हामी शोकमा रहेका परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तजनमा धैर्य धारण गर्ने शकित मिलोस भन्ने कामनासहित हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’
 
गृहमन्त्री शर्माले मृत प्रहरी कर्मचारीका परिवारलाई राहत र बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने आश्वासन समेत दिनु भएको छ । ‘सरकारको तर्फबाट मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबिालकाहरुको पठनपाठनको व्यवस्था समेत मिलाउने जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘नेपाल प्रहरीका सकल प्रहरी कर्मचारीहरुले प्रस्तुत गर्नु भएको मार्ग अबलम्बन गर्छौ भन्ने प्रण आजको दिनमा गर्न सकेमा नै सार्थक श्रद्धाञ्जलि ठहर्नेछ, दिवगंतहरुप्रति हार्दिक सम्मानसहितको श्रद्धासुमन ।’
बिहीबार राति पहिरो हटाउन गएको प्रहरीको गाडी नै पहिरोमा पुरिँदा दुई जनाको मृत्यु भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा बिहीबार राति खसेको पहिरो पन्छाउन खटिएको प्रहरी टोली पहिरोमा पुरिएको हो ।
 
पहिरोमा परी धादिङ दर्खा घर भएका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बाराको सिमरा घर भएका प्रहरी जवान दीपककुमार मास्केको ज्यान गएको थियो । प्रहरी जवान गोरखा मकैसिंका लिलबहादुर चेपाङ र तनहुँका सन्दीप कार्की बेपत्ता छन् । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति १ बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो । पहिरोले बगाउँदा इलाका प्रहरी कार्यालय मुग्लिनको ना.१ झ १३९० नम्बरको गाडी त्रिशूली नदीमा खसेको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All