ताजा समाचार

News

तीन महिने छोरी बोक्दै, घरदैलोमा भोट माग्दै

२०७४ असार ९ शुक्रबार
बैतडी, असार ९ – बैतडीको सुर्नया गाउँपालिकाकी लिला बिष्ट तीन महिने छोरी च्यापेर भोट माग्न हिँडिरहनु भएको छ । एमालेबाट गाउँपालिकको उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएकी लिला तीन महिने छोरीलाई च्यापेर घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ । विष्टले पहाडको बाटो उकाली ओराली झर्दै, खोला तदर्,ै डाडा चढ्दै पिठउँमा छोरीलाई बोक्दै, भोट मागिरहनुभएको छ । 
 
एमालेले आफूलाई सक्षम नेतृ ठानेर टिकट दिएकाले आफू अहिले दूधे बालक बोकेर घरदैलो गरेको उहाँले बताउनुभयो । बैतडी जस्तो पहाडी जिल्लामा अहिले पनि हजारौ महिलाहरु आफ्नो पीडा लुकाएर बाँच्न बाध्य भएकाले महिलाको हक अधिकारका लागि आफूले काम गर्ने बताउँदै उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।  असारको यो झरीमा छोरीलाई पिठ्युमा बोकेर प्रचार प्रसारमा जानु लिलाका लागि सजिलो छैन । तर महिलाकै विकासका लागि आफूले दुःख गरिरहेको उहाँले बताउनुभयो । 
 
महिला अघि नबढ्दासम्म महिलाका समस्या समाधान नहुने भएकाले आफू नै सक्रिए भएको उहाँले बताउनुभयो । झण्डै एक बर्ष अघि एक गैरसरकारी संस्थामा काम गरेकाले  फिल्डको लागि ग्रामिण क्षेत्र जाँदा यहाँका महिलाहरुको अवस्था राम्ररी बुझ्mेकाले महिलाको समग्र विकासका लागि महिलाको नेतृत्व आवश्यक रहेको बताउनुभयोे । छोरीको प्रवाह नगरेर उम्मेदवारी दिनुभएकी उहाँले  छोरीको भविष्यसँग आप्नो उम्मेदवारी जोडिएको  बताउनुभयो ।  ग्रामीण क्षेत्रमा अझै पनि महिलाको कार्य बोझ पुरुषको तुलनामा निकै बढी छ । यसलाई न्यूनिकरण गर्नका लागि योजना आवश्यक छ । योजना बनाउनका लागि महिला नेतृत्व आवश्यक रहेकाले आफूले अब नेतृत्व लिएर अघि बढे महिलाका समस्या समाधानमा सक्रिय हुने उहाँले बताउनुभयो । 

प्रमुख समाचार

कर्मचारी

View All