ताजा समाचार

News

‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ को उपाधि नेपालकी लक्ष्मीलाई

२०७४ असार ९ शुक्रबार

असार ९ – नेपालकी लक्ष्मी मगरले श्रीलंकामा सम्पन्न ‘श्रीलंका होलिडेज रम्बल इन द जंगल २०१७’ मा पहिलो स्थान जित्न सफल भएकी छिन् ।श्रीलंकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाइक स्टेज रेसमा उनले कुल २० घन्टा, २० मिनेट १८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान जितेकी हुन् ।

 दुईसय ७२ किलोमिटरको जंगली, उवडखावड, चिया बगान, ओरालो भिरालो, नदी, झरना आदि विभिन्न प्राकृतिक वातावरणीय कठिनाईलाई पार गर्दै उनले जित हात पार्न सफल भएको उनले बताइन् ।  अस्ट्रेलियाकी तानिया थाइरोन २१ घन्टा, ८ मिनेट ३ सेकेन्डका साथ दोश्रो र फ्रान्सकी क्लेयर डरमारक्वेट २१ घन्टा ३९ मिनेट ११ सेकेन्डका साथ तेश्रो भए । 

प्रमुख समाचार

कर्मचारी

View All