ताजा समाचार

News

अफगानिस्तानमा कार बम विस्फोट, २९ जनाको मृत्यु, ६० घाइते

२०७४ असार ९ शुक्रबार
image not found

असार ८ – अफगानिस्तान हेलमन्दको लासकर सहरमा कार बम विस्फोट हुँदा २९ जनाको ज्यान गएको छ । ६० जना घाइते भएका छन् । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित कार बम आक्रमण भएको हो । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।   घाइतेलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।

बिबिसीका अनुसार आक्रमणको अहिलेसम्म कनै पनि समूहले जिम्मा लिएको छैन । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।