ताजा समाचार

News

राप्रपा नेता ढुंगेलको निधन

२०७४ असार ६ मंगलबार
image not found
असार ६, काठमाडौं :
 
 राप्रपा नेता तथा पुर्वमन्त्री ईन्द्रप्रसाद ढुंगेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढुंगेलको चावहिलस्थित ओम हस्पिटलमा गएराति निधन भएको हो ।रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री हुनुभएको थियो । ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाली कंग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ढुंगेल विपी कोइरालाबाट प्रभावित हुनुहुन्थ्यो ।
 
पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सुर्यबहादुर थापा निकट रहेका राजनीतिमा सक्रिय रहनुभएका ढुंगेल हक्की स्वभाव र अविचलित राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । पुर्वीय दर्शन तथा आध्यात्मिक ज्ञानमा उहाँको निखरता थियो । ढुंगेल २०६४ सालमा रामेछापबाट चुनाव लड्नुभएको थियो ।
 
राप्रपाका अध्यक्ष कमल थापाले सार्वजनिक सञ्जालमार्फत ढुंगेलको निधनले देश र पार्टीका लागि अपुरणिय क्षति पुगेको बताउनुभएको छ ।