ताजा समाचार

News

रुकुममा माओवादी केन्द्रका ५ वडा सदस्य निर्विरोध

२०७४ असार ५ सोमबार
image not found
असार ५, रुकुम ।
 
 यहाँको भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना वडा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नं. ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नं. ६ का दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
 
वडा नं. ७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वडा नं. ६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।
 
गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् ।
 
९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेकाे २७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All