ताजा समाचार

News

पत्रकार भण्डारी र भट्ट २८ घण्टापछि रिहा

२०७४ असार ४ आइतबार
image not found
असार ४ , कञ्चनपुर । 
 
कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टापछि रिहा भएका छन् । सार्वजनिक अपराधको मुद्दामा शनिबार दिउँसो पक्राउ परेका भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालयले आज अपराह्न रिहा गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले जानकारी दिए ।
 
अपराध प्रमाणित हुने नदेखिएपछि क्षेत्रीय संयोजक शाह र पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको रहोवरमा पत्रकारद्वय भण्डारी र भट्टलाई छाडिएको हो । भण्डारी मानखण्ड दैनिककमा सम्पादक हुन् भने भट्ट कार्यकारी सम्पादक हुन् । प्रहरीको ज्यादतिविरुद्ध समाचार लेखेकै भरमा प्रतिशोध साध्ने उद्देश्यका साथ कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्दको डाठो आदेशमा भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो ।
 
प्रहरीले भण्डारी र भट्टलाई कार्यालयबाटै पक्राउ गरेपछि चर्काे विरोध र आलोचना भएको थियो । घटनाको विरोधमा सुदूरपश्चिम क्षेत्रीय संयोजक शाहको नेतृत्वमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिएका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All