ताजा समाचार

News

फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात

२०७४ असार ४ आइतबार
image not found
असार ४. काठमाडौं ।
 
 मिनी विश्वकपको नामले चिनिने फिफा कन्फेडेरेसन कप फुटबलमा आयोजक रुसले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु टोली रुसले सुरुदेखि नै नियन्त्रण जमाएको थियो । रुसलाई विजयी गराउन फेडर स्मोलोभले एक गोल गर्दा न्युजिल्याण्डका मिचेल बोक्सलले एक आत्माघाती गोल गरेका थिए । जितसँगै रुसले समूहमा तीन अंक जोडेको छ ।
 
विश्वका ६ महादेशका च्याम्पियन टोलीसँगै साविक विश्वकप विजेता र आयोजक टोलीले खेल्ने कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुनेछन् । आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको भिड्दा दक्षिण अमेरीकी च्याम्पियन चिलीले अफ्रिकी च्याम्पियन क्यामरुनसँग खेल्नेछ ।
 
प्रतियोगितामा एसीयन च्याम्पियन अष्ट्रेलिया र विश्वकप विजेता जर्मनी पनि सहभागि छन् । कन्फेडेरेशन कप फुटबललाई अर्को वर्ष हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिन्छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All