ताजा समाचार

News

कञ्चनपुरमा पत्रकारहरुले सुरु गरे आन्दोलन

२०७४ असार ४ आइतबार
image not found
असार ४,  महेन्द्रनगर । 
 
समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेका पत्रकार खेम भण्डारी र गणेश भट्टलाई रिहा गर्न माग गर्दै कञ्चनपुरका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् ।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह र कञ्चनपुर शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पत्रकारहरुले आज बिहानबाट धर्ना सुरु गरेका हुन् । पत्रकारहरुले कार्यालय समय सुरु हुनुअघि नै सिडियो कार्यालयको मुख्य ढोकामा धर्ना दिइरहेका छन् ।
 
पत्रकार भण्डारी र भट्टलाई रिहा नगरेसम्म आन्दोलन जारी रहने महासंघका सुदूरपश्चिम संयोजक शाहले दैनिक नेपाललाई जानकारी दिए । उनका अनुसार पत्रकारहरु आज स्थानीय तहको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनको रिपोर्टिङ छाडेर धर्नामा बसेका छन् ।
 
 
मानसखण्ड दैनिकका सम्पादक एवं प्रकाशक भण्डारी र कार्यकारी सम्पादक भट्टलाई प्रहरीले शनिबार नाटकीय रुपमा पक्राउ गरेको थियो । आफूले अनाहकमा पक्राउ गरेका दुई युवतीको बारेमा समाचार सार्वजनिक गरिदिएपछि कञ्चनपुरका एसपी प्रकाशबहादुर चन्दको निर्देशनमा पत्रकारहरु भण्डारी र भट्टलाई पक्राउ गरिएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All