ताजा समाचार

News

एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल

२०७४ असार ३ शनिबार
image not found
असार ३, विराटनगर ।
 
 नेकपा (एमाले) र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ । नेकपा (एमाले)का प्रमुख पदको उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा सो पार्टीलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिएका छन् ।
 
यसबाहेक, वडामा दुबैबीच कुनै सहमति नभएको बताइएको छ । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने बताइएको छ । यसैगरी नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भएको छ बताए ।
 
नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर संवाद कार्यक्रममा आज पराजुलीले १– नं प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चारक्षेत्रको विकासमा आपूmले सहयोग गर्ने बताए ।उनले विराटनगर औद्योगिक नगर भएकोले उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पारे। उपप्रमुखकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो प्राथमिकता हुने बताए । रासस
 

प्रमुख समाचार

कर्मचारी

View All