ताजा समाचार

News

एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै , परिवार र आफन्तलाई समस्या

२०७४ असार ३ शनिबार
मोहन विष्ट
असार ३, कञ्चनपुर   | 
 
कञ्चनपुरका दुई नगरपालिकाका एउटै वडाबाट ‘दाजुभाई र ज्वाई ससुरा’ चुनाव लड्दै छन् । महाकाली नगरपालिका १ नम्बर वडाबाट एकै घरका दाजुभाई र भीमदत्त नगरपालिका–७ नम्बर वडाबाट ज्वाई ससुरा चुनाव लड्न लागेका हुन् । भीमदत्त नगरपालिका–७ मा एमालेले वडाध्यक्षका लागि गणेश बहादुर चन्द र नेपाली काँग्रेसले वडाध्यक्षकै लागि गजेन्द्र बहादुर चन्दलाई टिकट दिएको छ । एमाले वडाध्यक्षका उम्मेद्वार गणेश चन्दका काँग्रेस उम्मेदवार गजेन्द्र बहादुर चन्द ससुरा हुन् ।
 
भीनपा ७ मा ज्वाई र ससुराले टिकट पाएपछि घरपरिवार, आफन्त, ईष्टमित्र कसलाई टिकट दिने बारेमा संकटमा परेका छन् । एमाले उम्मेदवार गणेश बहादुर चन्दले आफ्नो उम्मेद्वारी पहिले टुङ्गो लागेको बताउदै, आफु युवा भएको कारण चुनावमा होमिएको बताए । ‘ससुरासंग म चुनाव लड्न लागेको होईन्, ‘उनले भने, ‘मेरो उम्मेदवारी तय भएपछि मात्रै उहाँको भएको हो ।’  कांग्रेस उम्मेदवार गजेन्द्र बहादुर चन्दले फरक फरक पार्टीबाट चुनाव लड्ने विषय कुनै नयाँ नभएको बताउदै स्वभाविक भएको बताए । ‘यो स्वभाविक विषय हो, ‘उनले भने, ‘भारतमा श्रीमान र श्रीमतीबीच पनि चुनाव लड्छन ।’  उनीहरु दुवैले चुनावी अभियानका बेला एक अर्काले जान्ने र बुझ्ने कुरा भएको समेत प्रतिकृया दिदै छन् ।
 
महाकाली नगरपालिका १ नम्बर वडाध्यक्षका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले विक्र्म चन्द र एमालेले सरोज चन्दलाई टिकट दिएको छ । चन्दद्दय सहोदर दाजुभाई हुन् । चन्दद्दयका   आमा धना चन्दलाई कुन छोरालाई भोट दिने संकटमा परेकी छिन् । आफ्नै कोखबाट जन्मेका दुवै छोरा चुनावमा उठेपछि धनालाई संकट परेको हो । विक्र्म जेठा र सरोज कान्छा हुन् ।  २० बर्ष अघि अलग भएका दाजुभाई २० वर्षमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रतिस्पर्धामा जुटेका हुन् । एउटै घरका दाजुभाई फरक पार्टीबाट चुनावमा भाग लिदा घरपरिवार आफन्तलाई समस्या परेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All