ताजा समाचार

News

नेपाल–यमन फुटबलः यस्तो छ नेपाली टोलीको लक्ष्य

२०७४ जेठ २९ सोमबार
image not found
जेठ २९,काठमाडौ। 
 
तेस्रो चरणको एसियन कप छनोट फुटबलअन्तर्गतको दोस्रो खेलमा मंगलबार (भोलि) नेपालले यमनको सामना गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको नेपालले घरेलु मैदानमा मंगलबार जित निकाल्ने प्रयासमा मैदान उत्रिने प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् । खेलअघि सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा कोजीले यसअघिको खेलमा देखिएको कमी–कमजोरी सुधार्दै जितका लागि मैदान उत्रने बताए ।
 
यस्तै, नेपाली टोलीका कप्तान बिराज महर्जनले पछिल्ला खेलहरुमा रक्षापंक्तिका खेलाडीहरुबीच तालमेल नमिलिरहेको भन्दै यमनविरुद्ध त्यसलाई सुधार गरेर सकेसम्म जित अथवा कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।यस्तै, यमनका प्रशिक्षक अब्राहाम मेब्रातुले नेपाली टोलीप्रति उच्च सम्मान रहे पनि आफूहरु ३ अंक लिनलाई नै नेपाल आएको बताएका छन् ।
 
उनले मुलुक युद्धग्रस्त हुँदा पछिल्लो समय घरेलु फुटबल कमजोर अवस्थामा रहेको भएपनि अधिकांश खेलाडी विदेशी लिगमा व्यस्त भएकाले टोलीले सुखद् नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताए ।
 
जारी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित हुँदा यमनले ताजकिस्तानलाइ २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको थियो ।विश्व फुटबल संघ (फिफा)को वरीयताक्रममा नेपाल १६९औं स्थानमा रहँदा यमन १२४औं स्थानमा छ ।नेपाल र यमनबीचको खेल हलचोक मैदानमा मंगलबार दिउँसो ३ बजे सुरु हुनेछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All