ताजा समाचार

News

नेपाल उत्पीडित जातिय मुक्ति समाजको भेला सम्पन्न

२०७४ जेठ १० बुधबार
रमेश प्रसाद भट्ट
जेठ १०, सुदूर संञ्चार ।
 
नेपाल उत्पीडित जातिय मुक्ति समाजको एक भेला सम्पन्न भएको छ । मंगलबार बेलौरीको कृषि हाट बजारको खुल्ला मैदानमा उक्त भेला सम्पन्न भएको हो । मुक्ति समाजका नगर अध्यक्ष हस्त बहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि मुक्ति समाजका जिल्ला अध्यक्ष विनोद नेपाली रहनु भएको थियो । 
 
भने अतिथिहरुमा बेलौरी नगरपालिका एमालेबाट मेयर पदका उम्मेद्धार पल्लवराज भट्ट, एमाले जिल्ला कमिटि सदस्य आर.पि. सार्कि, अनेरा स्ववियूका केन्द्रिय सदस्य राम बहादुर स्वर्णकार, लगायत मुक्ति समाजका पदाधिकारीहरुको सहभागितामा उक्त भेला सम्पन्न भएको मुक्ति समाजका जिल्ला अध्यक्ष विनोद नेपालीले जानकारी दिनु भयो ।
 
 कार्यक्रममा बोल्दै प्रमु अतिथि नेपालीले २०७२÷०७३ सालमा आएको बजेटमा दलित लक्षित बजेट आएकोमा सम्पुर्ण दलित समुदायका लागि मन जित्ने काम भएकोमा खुशि व्यक्त गर्नु भएको थियो ।
 
 यस्तै नेकपा एमालेबाट बेलौरी नगरपालिका मेयर पदका उम्मेद्धार  पल्लब राज भट्टले स्थानिय सरकार र स्थानिय निकायलाई राष्ट्रिय राजनितिमा पुर्याउन नेकपा एमाले मात्र सफल हुने बताउनु भयो  । सो भेलाले हस्त बहादुर सुनारको अध्यक्षतामा १०१ सदस्य बेलौरी नगर स्तरिय चुनावी प्रचार प्रसार समिति पनि गठन गरिएको जिल्ला अध्यक्ष नेपालीले बताए ।

प्रमुख समाचार

कर्मचारी

View All