ताजा समाचार

News

आज पुनर्वास नगरपालिकामा चट्याङ लागि एक बालिकाको मृत्यु

२०७४ जेठ ५ शुक्रबार
image not found
हेमन्त न्यौपाने 
जेष्ठ ०५,पुनर्वास  ।   
 
  आज बेलुका करिव ६ बजे परेको चट्याङमा परि पुनर्वास नगरपालिका - ९ धनसिंगाकी एक बालिकाको मृत्यु भएको छ । खेतमा गहुँको भुस लिन गएकी १३ बर्षिय मेनुका सुनारको चट्याङ लागि मृत्यु भएको हो । 
 
मृतकको आमाबुवा घरबाहिर रहेको एक स्थानीयले बताए । शबलाई पोस्टमार्टमको लागि सेति अञ्चल अस्पताल लगिने ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले जानकारी गराउनु भयो ।