ताजा समाचार

News

बेल्डाँडी गाउँपालिका–५ झिल्मीला, बावन्नी नदीमा आर्यघाट निर्माण हुने

२०७४ जेठ ३ बुधबार
रमेश प्रसाद भट्ट 
जेठ ३, सुदूर संञ्चार ।
 
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ झिल्मीला, बावन्नी नदीमा आर्यघाट निर्माण हुनलागेको छ । बेल्डाँडी गाउँपालिकाको लक्षित बर्ग अन्र्तगत जेष्ठ नागरिकको रकमले आर्यघाट निर्माण हुनलागेको बेल्डाँडी गाउँ कार्यपालिकाले जनाएको छ । बेल्डाँडीमा अब्यवस्थीत तरिकाले शव दहन गर्ने कार्य बढ्दै गएकाले आर्यघाट निर्माण गर्न लागिएको हो ।
 
बेल्डाँडी आर्यघाट निर्माण समितिका अध्यक्ष छविलाल सेजवालले आर्यघाट निर्माण गर्न कसैको ध्यान नपुगेकाले गत बर्ष आर्यघाट निर्माण समिति बनाएर काम सुरु गरिएको वताउनु भयो । र बेल्डाँडीका सबै बस्ती बाट आर्यघाट निर्माणको माग परिषद सम्म पुग्यपछि हाल कार्यान्वयनका लागि बेल्डाँडीको परिषदले आर्यघाट निर्माणका लागि भनेर १ लाख ९७ हजार ६ सय रकम बिनियोजन गरेको बताउनु भयो ।
 
यसैविच कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ मा रहेको रौतेली विचवा स्वास्थ्य चौकीमा १ दिने सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको सहयोगमा ग्रामिण विकास नेपालले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
 
सो कार्यक्रममा बेल्डाँडी गाउँ कार्यपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । बर्ष भरि स्वास्थ्य कार्यालयले गर्ने गतिविधि र सेवाग्राही हरुले कसरी सेवा पाईरहेका छन् भन्ने विषयमा छलफल हुने गर्दछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All