ताजा समाचार

News

विद्युत प्राधिकरणकरण प्रशाखा बेलौरीमा लगाएको ताला ५ बुदे सहमतिका आधारमा खोलियो

२०७४ जेठ ३ बुधबार
image not found
रमेश प्रसाद भट्ट 
जेठ ३, सुदूर संञ्चार ।।
 
विद्युत प्राधिकरणकरण प्रशाखा बेलौरीको आन्तरिक व्यव्यवस्थापन र लापर्वाहीका कारण बेला बेलामा भई रहेको लोड सेडिड्को विरुद्धमा कार्यालयमा लगाएको ताला आज खोलिएको छ । सोमबार बेलौरीका स्थानिय वासिन्दाहरु द्धारा लगाईएको ताला विद्युत प्राधिकरण वितरण केन्द्र महेन्दनगरका प्रमुख गणेश पाण्डे संग भएको ५ बुदे सहमतिका आधारमा ताला खोलिएको हो । आज विद्युत प्राधिकरण प्रशाखा बेलौरीमा बसेको बैठकमा निम्न ५ बुदे सहमति भएको थियो । 
 
१ नम्बरमा आजको मिति देखि १० दिन भित्र नयाँ ट्न्सफरर्मर जडान गरी सेवा दिने, नयाँ ट्न्सफर्मर जडान गरी लोडसेडिडु तालिका नियमित रुपमा सार्वजनिक गर्ने, पुनर्वास र बेल्डाडी क्षेत्रका ग्रहाकका सुविधाका लागि मोवाईल काउन्टको व्यवस्था गर्न माथिल्लो निकायमा पहल गर्ने, सेवा ग्राहीका लागि महसुल बुझान सहजताका लागि कार्यालयमा पालि निर्माण कार्य १० दिन भित्र सम्पन्न गर्ने, र मिटर रिडिड्का लागि कार्यालय र सेवा ग्राही सजग रहने लगायतका सहमति कार्यालय संग भए पछि ताला खोलिएको बेलौरीका स्थानिय खड्क शाहले बताउनु भयो । बेला बेलामा विद्युत लाईन काटिने र लामो समय सम्मा लाईन नआउनाले यस क्षेत्रका जनताहरु निकै मारमा परेका छन् ।
 
यसरी अब पनि समस्या सामाधान नगरीए पछि झन कडा आन्दोलनमा उत्रीने यस क्षेत्रका स्थानिय सेवाग्रहीहरुले बताएका छन् । समस्या सामाधानका लागि आजबाटै आफुहरु लागेको विद्युत प्रधिकरण प्रशाखा बेलौरीका प्रमुख प्रविन कर्णले रेडियो सुदूर संञ्चारलाई जानकारी दिनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All