ताजा समाचार

News

बे. न.पा. ४ नयाँ रिछाहा दान सिह विष्टको भान्छा घरमा आगजनी

२०७४ जेठ ३ बुधबार
image not found
रमेश प्रसाद भट्ट 
जेठ ३, सुदूर संञ्चार ।
 
बेलौरी नगरपालिका बडा नम्बर ४ नयाँ रिछाहा दान सिह विष्टको भान्छा घरमा आगजनी भएको छ । आज बेलुका करिब ५ बजेतिर भान्छाघरमा लगाएको विद्युत लाईन सर्ट हुदा आगो लागेको हो ।
 
आगो लागेको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बेलौरी र शशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट बेलौरीले घटना स्थलमा पुग्नासाथ पानीको साहयताले आगो नियन्त्रणमा लिईएको शशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट बेलौरीका ईन्चार्ज शशस्त्र प्रहरी निरिक्षक राम बहादुर खत्रीले बताउनु भयो ।
 
उहाका अनुसार आग लागिबाट समान्य क्षति भएको बताउनु भयो । उहाले भन्नु भयो हामी तत्काल पुगेकाले त्यति क्षति हुन पाएन शशस्त्र प्रहरी निरिक्षक खत्रीले बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All