ताजा समाचार

News

मतगणनामा चाडो सक्न गणक टोलीहरुको संख्या थप्न आयोगको निर्देशन

२०७४ जेठ ३ बुधबार
image not found
जेठ ३, काठमाडौं। 
 
निर्वाचन आयोगले मतगणनाको गति बढाउन गणक टोलीहरुको संख्या थप्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो राख्दै सुधारका लागि निर्वाचन अधिकृतहरुलाई संख्या थप्न निर्देशन दिएको हो ।
 
आयोगले मतगणनाको गति बढाउने उपाय गणक टोलीको संख्या बढाउने विकल्प भएको भन्दै संख्या बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो । आयोगले कर्मचारी नपुग भए थप कर्मचारी खटाउन र आवश्यक टोली थप्न निर्देशन समेत दिएको छ ।
 
आयोगले मतगणनाका क्रममा राजनीतिक दलहरूले झिक्ने साना–साना विवादले पनि ढिलाइ भइरहेको जनाएको छ । मतगणना छिटो गर्न राजनीतिक दल तथा उम्मेदवारलाई समेत सघाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All