ताजा समाचार

News

मदन भण्डारी र दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने केपी ओलीको घोषणा

२०७४ जेठ ३ बुधबार
image not found
 जेठ ३, काठमाडौं ।
 
 नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने दाबी गरेका छन्। ओलीले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गरे । 
 
एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा आज २४ औं मदन–आश्रित स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षड्यन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरेका हुन।
 
एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गरे । ओलीले भने, ‘मदन(आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’
 
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
 
पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रित चढेको गाडी त्रिशूली नदीमा खसेको थियो । आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All