ताजा समाचार

News

कही स्थानमा मतगणना सुरु, अधिकांश स्थानमा आज

२०७४ जेठ १ सोमबार
image not found
जेठ १ काठमाडौँ ।  
 
दुई दशकपछि सफलतापूर्वक सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना केही स्थानमा आइतबार राति अबेर सुरु भए पनि अधिकांश स्थानमा भने मतगणना सोमबार मात्र सुरु हुने भएको छ ।  
 
ललितपुर, रुकुम, मनाङ, मुस्ताङलगायत जिल्लाका कतिपय स्थानीय निकायमा भने राति अबेरदेखि मतगणना सुरु भएको छ ।  स्थानीय स्तरमा खटिएका कर्मचारी तथा दलका कार्यकर्ताको सहमतिमा मत गणना सुरु गरिने छ । 
 
निर्वाचन सम्पन्न भएपछि उम्मेदवार तथा मतदाताहरू मत परिणामको व्यग्र प्रतीक्षामा देखिएका छन् ।  पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान सम्मन्न भएका स्थानमा मतदानकेन्द्रबाट मतपेटिका गणनास्थलमा जम्मा गर्ने काम राति अबेरसम्म भयो ।  अधिकांश स्थलमा सोमबार विहानदेखि मात्र मत गणना शुरु हुने सम्वद्ध अधिकारीहरूले बताइएका छन् ।