ताजा समाचार

News

विद्युत प्रधिकरण प्रशाखा बेलौरीको चरम लापरवाही,,स्थानिय बासिन्दा मार्कामा

२०७४ बैशाख ३१ आइतबार
image not found
रमेश प्रसाद भट्ट
बैशाख ३१,सुदूर संञ्चार
 
दक्षिणि क्षेत्रमा आज भोली विद्युत प्राधिकरण प्रशाखा बेलौरीको चरम लापरवाहीका कारण बेला बेलामा विद्युत कटौती गर्नाले यस क्षेत्रका स्थानिय सेवाग्राही मार्कामा परेका छन् । दिन भरी जसो विद्युत लाईन समय समयमा काटिने र लामो समय सम्म विद्युत लाईन काटनाले दक्षिणि क्षेत्रका स्थानिय बासिन्दाहरु मार्कामा परेका हुन ।
 
यसरी बेला बेलामा विद्युत लाईन काटने गर्नाले विद्युतिय समाग्री र अत्याधिक गर्मीको बेला फ्यान, लाईट बाल्न समेत समस्या भएको यहाका स्थानियहरुको भनाई रहेको छ । 
 
 विद्युत प्रधिकरण प्रशाखा बेलौरीका प्रमुख प्रविन कर्णका अनुसार अहिले सानो ट्न्सफरर्मरको क्षमताले लोडलाई नभ्याए पछि बेला बेलामा विद्युत काट्नु परेको बतानु भयो । उहाका अनुसार अहिले प्रशाखा बेलौरीमा ३ के.भि.ए.को ट्न्सफरर्मर आई सकेको करिब १५ दिन जति भैसकेको तर ठेकेदारले समान अभाव भएको कारण देखाउदै अहिले सम्म जडान हुन नसकेको बताउन् भयो ।
 
 उहाले फेरी भन्नु भयो उक्त ३ के.भि.ए.को  ट्न्सफरर्मरका जडान भए भने यस्तो समस्या नहुने बताउदै आफुले थापा पाए अनुसार भोलि मात्रै ठेकेदार समान ल्याएर आउने भन्ने जानकारी पाएको र अब छिट्टै समस्या सामाधान गरीने विद्युत प्रधिकरण प्रशाखा बेलौरीका प्रमुख प्रविन कर्णले रेडियो सुदूर संञ्चारलाई बताउनु भयो । चाडै समस्या सामाधन नभए कडा आन्दोलनमा उत्रीने स्थानीय  यहाका स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।