ताजा समाचार

News

कालिकोटमा विप्लव समूहसँग प्रहरीको झडप, गोली लागेर २ जना घाइते

२०७४ बैशाख ३१ आइतबार
image not found
बैशाख ३१ , कालिकोट । 
 
कालीकोटको मालकोट गाउँपालिकामा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले मतपेटिका जलाउन खोजेपछि गोली चलाउनु परेको बताए ।
 
निर्वाचन अधिकृत र सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गरेपछि प्रतिकार गर्नुपरेको उनले बताए ।