ताजा समाचार

News

मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन

२०७४ बैशाख ३१ आइतबार
image not found
बैशाख ३१, काठमाडौं । 
 
स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ ।अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
 
आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।
 
निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।
 

प्रमुख समाचार

कर्मचारी

View All