ताजा समाचार

News

सुर्खेतमा छाता ओढेर मतदान

२०७४ बैशाख ३१ आइतबार
image not found
भावुक योगी
वैशाख ३१,सुर्खेत ।
 
,स्थानीय तहको चुनावका लागि सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सबै मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । पूर्व गृहमन्त्रि तथा अहिले सुर्खेत क्षेत्र नम्बर १ का कांग्रेस सांसद पूर्णबहादुर खड्का सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि मेहलकुनाबाट मतदान गर्नु भएको छ ।
 
यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रि एवम् अहिले सुर्खेत क्षेत्र नम्बर २ का कांग्रेस सांसद हृदयराम थानीले विरेन्द्रनगर नगरपालिकाको सरस्वति प्राविबाट मतदान गर्नु भएको छ । पूर्व पर्यटन मन्त्रि तथा एमाले पोलीटब्युरो सदस्य यमलाल कँडेलले विरेन्द्रनगर ४ भैरव माविबाट मतदान गर्नु भएको छ । सुर्खेतमा १ सय ३८ मतदान स्थल र २ सय ४० मतदान केन्द्र छन् ।