ताजा समाचार

News

उम्मेदवारकै घरको आँगनमा सकेट बम भेटियाे

२०७४ बैशाख ३१ आइतबार
वैशाख ३१ भक्तपुर ।
 
  नेकपा एमालेका तर्फबाट मध्यपुरथिमि नगरपालिकामा मेयरका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ । गठ्ठाघर स्थित श्रेष्ठको घर अगाडि कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अबस्थामा सकेट बम भेटिएको हो । नेपाली सेनाको टोलीले बमल डिस्पोज गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।
 
आफ्नो घरको आँगनमै बम भेटिनु अराजक र निर्वाचन विथोल्ने षडयन्त्र भएको प्रतिक्रिया दिदै श्रेष्ठले यस्ता घटनाबाट विचलित नभई शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन मतदातालाई आव्हान गर्नुभयो ।