ताजा समाचार

News

गोली प्रहारबाट एक युवाको ज्यान गएपछि काभ्रेको मेथीनकोटमा अझै मतदान सुरु हुन सकेन

२०७४ बैशाख ३१ आइतबार
image not found
वैशाख ३१ ,काभ्रे ।  
 
 काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट नवराज पाठकको ज्यान गएपछि मतदान सुरु हुन सकेको छैन । गोली हान्नेलाई कारबाहीको माग गर्दै मतदाता मतदानमा सहभागी नभएका हुन् । उनीहरुले घटनाको निष्पक्ष रुपमा छानविन गर्न माग गरेका छन् ।
 
निर्वाचन अधिकृतले मतदानमा सहभागी हुन आग्रह गरिरहेपनि उनीहरुले सहभागिता जनाएका छैनन् । यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १२ मा पनि आज मतदान भएको छैन ।
 
चार दिन अघि राप्रपाका वडा सदस्यका उम्मेदवार शुकबहादुर तामाङको निधन भएपछि त्यहाँ मतदान रोकिएको हो । त्यहाँ जेठ ३ गतेका लागि चुनाव तोकिएको छ । काभ्रेका अरु मतदान केन्द्रमा भने मतदान भइरहेको छ ।  

प्रमुख समाचार

कर्मचारी

View All