ताजा समाचार

News

दैजी– जोगबुढा जोड्ने सडकको निमार्ण कार्य सुरु

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख ३०,सुदूर संञ्चार । 
 
कञ्चनपुरको बेतकोट नगरपालिका वडा नं. १२ दैजी देखि बेतकोट धाम, लिप्ना गाईबाँधे हुँदै डडेल्धुराको भित्री मधेश परशुराम नगरपालिका वडा नं. १२ लालढुंगा जोगबुढा जोड्ने सडकको निमार्ण कार्य सुरु भएको छ ।
 
निर्माण कार्यको ठेक्का नागार्जुन कन्स्ट्रक्शन प्रा.लि. ले लिएको छ । सोही सडकखण्ड आगामी २७ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने लक्ष्य रहेको नागार्जुन कन्स्ट्रक्शन प्रा.लि. का निर्माण व्यवसायी ईश्वरी भट्टले  बताउनु भयो ।
 
पहिलो चरणको सम्झौता नार्गाजुन कन्स्ट्रक्शन प्रा.लि. बीच १६ करोडमा भएको छ । करीब ६५ करोडको लागतमा सोही सडक निर्माण हुने सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख विनोद कुमार मौवारले बताउनुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All