ताजा समाचार

News

तिन साता बिती सक्दा पनि कञ्चनपुरमा पाठ्य पुस्तकको अभाव

२०७४ बैशाख ३० शनिबार
image not found

शैक्षीक सत्र सुरु भएको तिन साता बिती सक्दा पनि कञ्चनपूरमा आधाभन्दा बढी पाठ्यपुस्तक अभाव भएको छ,भने सबै तहका पाठ्यपुस्तक अभाव भएको पाईएको छ । कक्षा ६ देखी १० सम्म का पाठ्यपुस्तक बढी अभाव भएको छ ।

पाएका विद्यार्थिहरुले पनि पुरा सेट नपाएको पुस्तक व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष मेघराज बोहराले बताउनुभयो । व्यावसायीका अनुसार स्थानीय छापाखानाले जिम्मा लिएको कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तक को समेत अभाव देखिएको छ,भने जिल्ला शिक्षा कार्यालयले प्रा.वी तहको  पाठ्यपुस्तकको अभाव नभएको दाबी गर्दै आएको छ ।

जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले ६ देखी १० कक्षासम्म पनि व्यवसायीले भनेको जस्तो अभाव नरहेको दावि गर्नुभयो ।

प्रमुख समाचार

कर्मचारी

View All