ताजा समाचार

News

कैलाली जिल्लास्थित टीकापुर घटनाका पिडितलाई क्षतिपुर्ति स्वरुप साढे १५ करोड रुपैयाँ दिने सरकारको निर्णय,

२०७४ बैशाख ३० शनिबार
बैशाख ३०,सुदूर संञ्चार । 
 
सरकारले कैलाली जिल्लास्थित टीकापुर घटनाको क्षतिपुर्ति स्वरुप साढे १५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले २०७२ भदौ ७ र ८ मा थारु समुदायका जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको रक्षामन्त्री बालकृष्ण खाँणले बताउनुभयो ।
 
स्थानीय प्रशासनले पहिचान गरेको आधारमा मन्त्रीपरिषद बैठकबाट करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सैद्धान्तिक निर्णय भएको मन्त्री खाणको भनाइ छ । सरकारले मतदानको दुई दिन अघि मात्र निर्वाचन आचारसंहिता विपरीत हुने गरी यस्तो निर्णय गरेको हो ।
 
टीकापुर घटनामा थरुहटका कार्यकर्ता र प्रहरीबीचको झडपमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । घटनामा थारु समुदायले चलाउँदै आएको फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु ट्रेडर्स, मीरा फर्निचर, थारु कल्याणकारिणी सभाको कार्यालयलगायतमा आगजनी गरिएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All