ताजा समाचार

News

स्थानीय तह निर्वाचन अन्र्तगत पहिलो चरणमा भोली हुने निर्वाचनका सम्पुर्ण तयारी पुरा

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख ३०,सुदूर संञ्चार । 
 
स्थानीय तह निर्वाचन अन्र्तगत पहिलो चरणमा भोली हुने निर्वाचनका सम्पुर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । ३ वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागी आवश्यक सम्पुर्ण सामाग्री पुगिसकेको आयोगले जनाएको छ । सबै मतदान केन्द्रमा मतदान स्थलको निर्माण कार्य पनि सकिएको आयोगको भनाई छ । निर्वाचन अघि गर्नुपर्ने सबै काम सकिएकाले भोली बिहान ७ देखी ५ बजेसम्म २ सय ८३ स्थानीय तहमा मतदान हुने आयोगको भनाई छ ।
 
भोलि हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या ,, परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्वाचन आयोगको निर्णय
 
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् ।
 
तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । दुई दिनमा ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको छ । तर, धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् ।
 
मतदाता परिचयपत्रमा समस्या देखिएपछि आयोगले शुक्रबार वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो । यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेको आयोगका सचिव गोपीनाथ मैनालीले  जानकारी दिनुभयो । तर, मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने त्यही प्रयोग गरेर मतदान गर्नु पर्नेछ । 
 

प्रमुख समाचार

कर्मचारी

View All