ताजा समाचार

News

बिप्लव नेत्रत्वको नेकपा माओबादीले गरेको एक दिने बन्दक कारण सुदुरपश्चिम क्षेत्रको जनजिवन प्रभावित

२०७४ बैशाख ३० शनिबार
image not found
 बैसाख ३०,सदूर संञ्चार ।
 
बिप्लव नेत्रत्वको नेकपा माओबादीले गरेको एक दिने बन्दक कारण सुदुरपश्चिम क्षेत्रको जनजिवन प्रभावित÷डडेल्धुरामा भने नेपाल बन्दकोे आंशिक प्रभाव ।।बिप्लव नेत्रत्वको नेकपा माओबादीले गरेको एक दिने बन्दक कारण सुदुरपश्चिम क्षेत्रको जनजिवन प्रभावित बनेको छ । 
 
बन्दका कारण आज बिहानैबाट यस क्षेत्रका लामो तथा छोटो दुरिका सवारी साधनहरु चल्न सकेका छैनन् भने उद्योग, कलकारखाना, ब्यापार ब्यबसाय पूर्ण रुपमा ठप्प बनेका छन । सवारीका साधन चल्न नसक्दा टाढा टाढा बाट आएका यात्रुहरु बिचबाटोमै अलपत्र अवस्थामा परेका छन् । 
 
कैलालीको अत्तरीया, धनगढी लगाएतका बसपार्क क्षेत्रमा सर्वसाधारणहरु अलपत्र अवस्थामा रहेका छन । चर्को गर्मि संगै गन्तव्य स्थलसम्म जानसक्ने साधन नभएपछि उनिहरु झनै मारमा परेका हुन । 
 
भोलि हुने स्थानीय तहको निर्वाचन खारेजिको माग गर्दै बिप्लप नेत्रत्वको माओबादीले बिगत केही समय देखी सडक आन्दोलन गर्दै आएको छ । सरकारले भने  स्थानीय तहको निर्वाचन माथि बिप्लव माओवादीले बिभिन्न अवरोध गर्ने भन्दै उसका कार्यकर्तामथि कडा निगरानि  राखेको छ । 
 
यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव डडेल्धुरामा भने आंशिक रुपमा मात्रै परेका छ । जिल्ला आजमा छोटोदुरीका सवारी साधनहरु निर्वादरुपमा सञ्चालनमा भएका थिए ।  डडेल्धुरामा कुनै किसिमको अप्रिय घटनाहरु नघटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
 
यस्तै जिल्लाको भित्री मधेस क्षेत्रमा पनि कुनै किसिमको बन्दको प्रभाव नपरेको आलिताल प्रहरी चौकीले जनाएको छ । त्यस क्षेत्रमा पनि लोमो दुरीका सवारी साधन सञ्चालनमा आएको जनाईएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All