ताजा समाचार

News

भारतिय नम्वर प्लेटको ट्रकमा आगजनी

२०७४ बैशाख ३० शनिबार
image not found
डिल्लीराज पन्त
 बैसाख ३०,सदूर संञ्चार ।
 
पुर्व—पश्चिम राजमार्गको महेन्द्रनगर अत्तरिया सडकखण्ड अन्र्तगत पर्ने बनहरा जंगल नजिक भारतिय नम्वर प्लेटको ट्रकमा आगजनी गरीएको छ ।महेन्द्रनगर बाट तरकारी र फलफुल वोकेर धनगढि जादै गरेको उक्त ट्रकमा दिउसोतिर आगजनी भएको थियो । 
 
शनिबार नेपाल बन्द आब्हान गरेको कम्युनिष्ट पार्टीले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाटा र कृष्णपुर नगरपालिका जोड्ने कलवापुरको विच जंगलमा यूए ०३ १७०१ नम्बरको ट्रकमा आगजनी गरेको हो ।
 
प्रत्यक्षदर्शीका अनुसार चार जनाको समुहमा आएका अज्ञात व्यक्तिले गाडीको पछाडीका चक्कामा आगो लगाएर भागेका थिए । घटना स्थलमा समयमै सुरक्षाकर्मी पुगेपछि ट्रकमा ठुलो क्षति नभएपनी ट्रकको पछाडिको चक्का पुर्ण रुपमा नष्ट भएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आजै बिहानसदरमुकामको भासी क्षेत्रमा एक ट्रकमा ढुङगा प्रहार गरि सिसा फुटाएको थियो । घटनामा संलग्न केहि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको र घटना वारे छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले बताउनुभएको छ ।