ताजा समाचार

News

गृहसचिवको चेतावनीः चुनाव विथोल्ने सपना नदेखे हुन्छ

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख  ३० , काठमाडौं । 
 
भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृहसचिव लोकदर्शन रेग्मीले बताएका छन् । साथै निर्वाचन विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने उनले चेतावनी दिए ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृह सचिव रेग्मीले निर्वाचनका लागि देशभर सुरक्षाको बलियो सञ्जाल बनाइएको बताए ।
 
उनले भने, ‘तीन घेरामा सुरक्षा निकायहरुलाई खटाइनेछ, पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई राखिएको छ भने टाढा बसेर सुरक्षाको निगरानीमा नेपाली सेनालाई राखिनेछ ।’
 
मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको र क्लष्टरका अनुसार प्रहरी र सशस्त्रको मोबाइल टिम, स्ट्राइक टिम खटाइएको उनले बताए । नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने र अतिसंवेदनशील स्थानमा हवाइजहाजमार्फत सेनालाई खटाइने सचिव रेग्मीले जनाए ।
 
गृहसचिव रेग्मीले मत हाल्न आउँदादेखि मत हालेर घर फर्किदासम्म मतदातालाई सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’
 
उनले विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृह सचिव रेग्मीले भने, ‘उनीहरुलाई हामी हदैसम्म कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ ।’ उनका अनुसार हालसम्म १७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All