ताजा समाचार

News

एमाले कार्यकर्ताद्वारा गगन थापामाथि दुर्व्यवहार र उत्तेजक नारावाजी

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख ३०, काठमाडौं । 
 
स्वास्थ्यमन्त्री एवम नेपाली कांग्रेसका नेता गगन थापालाई शनिबार विहान काठमाडौंको कपनमा नेकपा एमालेका कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा नातामा हजुरबुबा पर्ने एक आफन्तलाई भेटर फर्कने क्रममा जोरधारा पछाडी आदर्शनगर टोलमा उनीमाथि दुब्र्यहार भएको हो । हजुरबुबाकोबाट निस्किएपछि एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरित आएको आरोप लगाएका थिए ।
 
त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केहि एमाले कार्यकर्ताहरुले थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेको मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।
 
आचारसंहिता पालना गर्दै नीजि नम्वर प्लेटको गाडीमा नीजि भेटघाटमा रहेका थापालाई हुल वाँधेर आएका एमालेका कार्यकर्ताहरुले छापामार शैलीमा हुलहुज्जत गर्न खोजेको स्थानिय काँग्रेस कार्यकर्ता मनोज सिग्देलले बताए ।
 
एमालेका वडा नं १२ का अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सचिव ध्रुव न्यौपाने र एमालेको उपमेयरकी दावेदार रहेकी देवी रेग्मीको नेतृत्वमा आएका कार्यकर्ताहरु थापा विरुद्ध उत्तेजक नारावाजीमा पनि उत्रिएका थिए ।काँग्रेस कार्यकर्ताहरु त्यहाँ आए स्थिति विग्रने आशंकामा थापा त्यहाँबाट वाहिरिएका थिए ।
 
त्यस लगत्तै थापा फर्किएका थिए भने एमालेका कार्यकर्ताहरुले नीलोपुलमा कोणसभा गरेका थिए ।निर्वाचन आचारसंहिता विपरित कोणसभा गर्ने वहाना खोजेर बसेका एमालेका कार्यकर्तारुहले त्यहि वहानामा नीलोपुलमा कोणसभा गरेका थिए।
 
थापाले आफूलाई निर्वाचन आचारसंहिताको राम्रो ज्ञान भएको र व्यक्तिगत भेटघाटलाई आचारसंहिताले पनि नरोकेको बताए । बरु आफूमाथि हुलहुज्जत गर्न पठाएर एमालेले आचारसंहिताको उल्लंघन गरेको थापाले संक्षिप्त प्रतिक्रिया दिए ।थापाले निर्वाचनको वातावरण विगार्न आएकाहरुको हल्लाको पछाडी नलागी ३१ गतेको चुनावमा पार्टीको हितमा लाग्न आग्रह गरे ।
 
स्थितिलाई भड्काउन केहि अवाञ्छित गतिविधी गर्ने प्रयास भएको उल्लेख गर्दै थापाले आफ्नो क्षेत्रका सबै साथीहरुलाई संयमित हुन आग्रह पनि गरे ।आचारसंहिता विपरित मन्त्री हिडेको भन्दै एमाले कार्यकर्ताहरुले निगरानी गरेको बताएका छन् ।