ताजा समाचार

News

डोटीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

२०७४ बैशाख ३० शनिबार
image not found
वैशाख ३०,डोटी ।
 
बन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले डोटीमा एक ट्रकमा आगजनी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार डोटीको शिखरनगरपालिका–८ गोल्मागाढ नजिक भे १ ख ११५१ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
 
नेपालगञ्जबाट अछामका लागि चाउचाउ लिएर आएको ट्रकमा शनिबार बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका हुन् ।