ताजा समाचार

News

पुर्वबाट पश्चिमतिर आईरहेको मोटरसाईकल र ट्यांक्टर एकापसमा ठोक्कीदा आज विहान एकजनाको ज्यान गएको छ चालक फरार

२०७४ बैशाख ३० शनिबार

कैलालीमा पर्ने पुर्वपश्चिम राजमार्गको श्रीपुर नजिकै से ४ प ४४८६ नम्बरको मोटरसाईकल र से १ त १४०९ नम्बरको ट्याक्टर आज विहान साढे ८ बजेतिर एकापसमा ठोक्कीएका थिए ।दुर्घटनामा मोटरसाईकलमा सवार बझाङको साविकको चौधारी गाविस ४ का २१ वर्षका मिलन रावलको ज्यान गएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरिक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । मोटरसाईकमै सवार धनगढीको क्याम्पस रोडका २२ वर्षका पवन सञ्ज्याल भने गम्भिर घाईते भएका छन । सन्ज्यालको पदमा अस्पताल अत्तरियामा उपचार भईरहेको छ । मृतक रावलको शव भने पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको छ ।ट्याक्टर नियन्त्रणमा लिईएपनि चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरीका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।