ताजा समाचार

News

धनगढीमा चारजना विप्लव कार्यकर्ता पक्राउ, दुई स्थानमा नक्कली बम फेला,

२०७४ बैशाख ३० शनिबार
image not found

बैशाख ३० ,सुदूर संञ्चार    कैलालीको धनगढीमा ट्राफिक चोक नजिकै र मनेहरा नजिकै अलग अलग स्थानका नक्कली बम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्राफिक चौराहामा भेटिएको प्रेसर कुकर बमभीत्र प्लाष्टीक कोचिएको नेपाली सेनाको बम विस्पोजल टोलीलाई उदृध गर्दै कैलालीका एसपी अर्जुन चन्दले बताए ।यस्तै मनेहरामा भेटिएको बम पनि च्यवनप्रासको बट्टाभीत्र बालुवा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले कैलालीको गेटा नजिकै भारतीय नम्बर प्लेटको गाडीमा ढुंगामुढा गरेको आरोपमा विप्लव माओवादीका कार्यकर्ता जयबहादुर धानुक र राजु दाहाल पक्राउ परेका छन ।टीकापुरमा पनि अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष झलक विक र नरेन्द्र विकलाई पक्राउ गरिएको एसपी चन्दले बताए ।लामो दुरीको यातायात बाहेक छोटो दुरीको यातायातमा भने बन्दको खासै असर परेको छैन । धनगढीमा पनि हरेक शनिबार झैं खुल्ने पसलहरु खेलेका छन । धनगढी–अत्तरिया, धनगढी महेन्द्रनगरको छोटो दुरीको यातायात पनि चलिरहेको छ ।