ताजा समाचार

News

देशभर केहि दिन देखी बढेको गर्मीका कारण बिरामीको चाप ह्वात्तै

२०७४ बैशाख ३० शनिबार
 दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको बेलौरी न.पा २ गोकलपुर स्थित लक्ष्मीपुर स्वास्थ्यचौकीका  प्रमुख मानबहादुर चन्दले जानकारी दिनुभयो  ।  उहाँले हाल दैनिक पचास/साठी जनासम्म बिरामी उपचारका लागि स्वास्थ्यचौकी आउने गरेको समेत बताउनुभएको छ ।  
 
          अत्यधिक गर्मीसँगै सुक्खा पनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमा समेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखालालगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा स्वास्थ्यचौकी  प्रमुख चन्दले सुझाव दिएका छन् ।
 
स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन
 

प्रमुख समाचार

कर्मचारी

View All