ताजा समाचार

News

कञ्चनपुरका मुक्त हलिया ६२१ परिवार मात्रै पुनःस्थापना

२०७४ बैशाख ३० शनिबार
बैशाख ३० ,सुदूर संञ्चार ।
 
कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४९७ मुक्त हलिया परिवारमध्ये ६२१ परिवार मात्रै पुनःस्थापना भएका छन् । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आव २०७२/७३ मा २७८ र चालु आवको हालसम्म ३४३ परिवार गरी ६२१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर निर्माण र घर मर्मत गरी पुनःस्थापना गरिएको छ ।
 
लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ जनाले मात्रै परिचयपत्र पाएका छन् । लगतमा समावेश भएका परिचयपत्र पाउन नसकेका मुक्त हलियाको सङ्ख्या एक हजार १९ रहेको समाजका अध्यक्ष शिवी लुहारले बताए । हलिया पुनःस्थापनाको कार्यलाई दु्रतगतिमा अगाडि नबढाउँदा धेरै परिवारको अवस्था निकै कष्टकर रहेको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All