ताजा समाचार

News

मानव बेचबिखन तथा ओसारपसार गर्ने ३ जना विरुद्ध मुद्धा दर्ता

२०७४ बैशाख ३० शनिबार
वैशाख ३०, नेपालगञ्ज । 
 
भारतीय बाटो हुदै तेस्रो मुलकमा छ जना महिलालाईं बेचबिखनका लागि लैजाने तीन जनालाई कोहलपुर प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धा दर्ता गरेको छ । प्रहरीले कोहलपुरका सुर्दशन खड्का, गौरी चौधरी र दाङ झरनाका मनोज केसीलाई मुुद्धा दर्ता गरेको हो । 
 
बेचबिखनमा संग्लन रहेका कोहलपुरका शीला परियार र लक्ष्मी कुवर फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक शुरेश प्रसाद काफ्लले बताउनुभयो । उहाँले फरारहरुको खोजीका लागि प्रहरीको एक छुट्टै टोली गठन गरेर तिव्र गतिमा खोजी कार्य भैरहेको पनि जनाउनु भयो ।
 
नेपालगञ्ज जमुनाह नाका हुँदै भारतको दिल्लीबाट तेस्रोमुलक पठाउनका लागि ६ जना महिलालाईं लैजादा गर्दा उनीहरु पक्राउ परेको र अनुसन्धानपछि उनिहरुलाई बेचविखनको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 
 
मानबेचबिखनमा संलग्न पाईएका तीन जना बिरुद्ध मुद्धा दर्ता भई थप अनुसन्धान भैइहेको पनि कोहलपुरका डीएसपी काफ्लेले बताउनु भयो । 
यो भन्दा अगाडी पनि पक्राउ परेका आरोपितले नेपाली महिलाहरु तेस्रोमुलक लिएर विक्रि गर्ने गरेको प्रहरीको भनाई छ ।
 
पछिल्लो समयमा आएर पश्चिम नेपालका बिभिन्न पहाडी तथा हिमाली जिल्लाबाट युवती तथा महिलाहरुलाई राम्रो रोजगारको प्रलोभनमा पारेर कोहलपुर ल्याइ यहाँ राखेर सीमा नाका पार गराउने गरिएको पाईएको कोहलपुर प्रहरीले जनाएको छ । 
 
पहाडी जिल्लाहरु दैलेख, कालिकोट, जाजरकोट र रुकुम लगायतबाट महिला तथा युवतीहरुलाई ल्याएर कोहलपुरमा राखिएको अवस्थामा यहाँबाट पटक पटक पक्राउ गरिएको कोहलपुरका डीएसपी काफ्लेले बताउनु भयो । उहाँले जमुनाहा नाकामा कडाई गरिएपछि राप्तीपारीको बघौडा नाकालाई बेचविखन गर्नेहरुले प्रयोग गर्न थालेको समेत खुलेको बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All