ताजा समाचार

News

चुनावको मुखमा सरकारद्वारा १५ करोड बाँड्ने निर्णय

२०७४ बैशाख ३० शनिबार
image not found
बैशाख ३०,काठमाडौं,  । 
 
सरकारले निर्बाचन आचारसंहिताको ठाडो उल्लघंन गर्दै स्थानीय तह निर्बाचनको मतदान सुरु हुन ३६ घन्टा रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैंयाँ बाँड्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले निर्बाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लघंन गर्दै मतदाता प्रभावित पार्नेगरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैंयाँ बाँड्ने निर्णय गरेको हो ।
 
स्थानीय तह निर्बाचनअन्तर्गत पहिलो चरणमा ३,४ र ६ का ३४ जिल्लामा दुई ८३ स्थानीय तहमा प्रतिनिधि चुन्न दोस्रो चरणमा जेठ ३१ मा मतदान हुने कार्यक्रम छ ।
 
मन्त्रिपरिषदले निर्बाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको छ ।उद्योगमन्त्री नविन्द्रराज जोशीले टीकापुर घटना(२०७२ भदौ)का पीडितलाई आर्थिक क्षतिपुर्ति दिने विषयमा मन्त्रिपरिषदले निर्णय गरेको बताए ।