ताजा समाचार

News

स्थानिय तहको निर्वाचन सफल पार्न गाउँगाउँमा म्यादी प्रहरी परिचालन जनतामा खुसी

२०७४ बैशाख २८ बिहिबार
image not found
कृष्ण दमाई
बैशाख २८ ,कञ्चनपुर । 
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले स्थानिय तहको निर्वाचन सफल पार्न व्यापक रुपमा गाउँगाउँमा म्यादी प्रहरी परिचालन गरेको छ । जिल्ला भरीका स्थनिय प्रहरी निकायको मातहत र कमाण्डमा म्यादी प्रहरी परिचालन गरिएको हो ।
 
जनतामा शान्ति सुरक्षा र डर त्रासको वातावरण हटाउनुका साथै अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न म्यादी प्रहरी गाउँगाउँमा पाठएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहन साउँदले बताउनुभयो ।
 
झण्डै १ हजार बढीको टोली जिल्लाको सबै ठाउँमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सदर मुकाम देखि झण्डै १० देखि १२ किलोमिटरको दुरीमा पेट्रोल गस्ती, मोबाईल गस्तीमा म्यादी प्रहरीलाई पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सई डिकर देव पन्तले बताए ।
 
वहाँले भन्नुभयो– स्थानिय प्रहरी विटको कमाण्डमा नै स्थानिय ठाउँमा म्यादी प्रहरी परिचालित गरिएका छन् । गाउँगाउँमा म्यादी प्रहरीको उपस्थितिले स्थानिय जानताहरुमा निर्वाचनका लागी थप उत्साह मिल्ने भएको भी.न.पा.–३ तिलकपुरका स्थानियहरुले बताए ।
 
म्यादी प्रहरीहरु पर्नवास, बेलौरी, कृष्णपुर, शुक्लाफाटा, बेदकोट, भीमदत्तनगर, महाकाली नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा म्यादी प्रहरी परिचालन गरिएका छन् । चुनाव नजिकिदै आएपछि म्यादी प्रहरीलाई मतदान स्थलमा खटाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All