ताजा समाचार

News

कक्षा ११ को परीक्षा सर्ने, मिति तोक्न समस्या

२०७४ बैशाख २८ बिहिबार
image not found
बैशाख २८ काठमाडौ ।
 
कक्षा ११ को परीक्षा फेरी सर्ने भएको छ । स्थानीय निर्वाचनका कारण यस अघि एक महिना पछि सारिएको परीक्षा दोस्रो चरणको निर्वाचन लगत्तै पर्ने भएकोले व्यवस्थापन गर्न नसक्ने भन्दै परीक्षा बोर्डले मिति सार्ने निर्णय गरेको हो ।
एक महिना अघिनै हुनु पर्ने परीक्षा दोश्रो चरणको चुनाव अघिनै गर्न सकिने भएपनि बोर्डमा नियन्त्रक समेत नभएकोले झन् धेरै अन्यौल भएको छ ।
 
अघिल्लो दिन चुनाव हुने केन्द्रहरुमा भोलीपल्टै परीक्षा सञ्चालन गर्न सक्ने अवस्थै रहन्न, त्यसैले मिति सार्न बोर्डले आन्तरिक तयारी गरिरहेको छु बोर्डका एक कर्मचारीले भने,तर कहिले गर्ने भन्ने बारेमा अहिल्यै भन्न सकिन्न ।
कक्षा १२ को परीक्षा ब्यवस्थित गर्न नसकेको भन्दै यस अघिका नियन्त्रकलाई निष्कासन गरे पछि बोर्डको परीक्षा विभाग कामचलाउ रुपमा मात्रै सञ्चालन हुँदै आएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All