ताजा समाचार

News

माओवादी केन्द्र परित्याग गरी जिल्ला सचिवालय सदस्य मनवीर ओड एमालेमा प्रवेश

२०७४ बैशाख २८ बिहिबार
image not found
वैशाख २८, सुदूर संञ्चार ।
 
नेकपा एमाले बेलौरीको पार्टी सम्पर्क कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । आज विहान आयोजित एक कार्यक्रमका माझ माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एवं दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत रहन् भएका मनवीर ओड नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको हो । 
 
नेकपा एमाले बेलौरी नगर अध्यक्ष बाबुराम न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका पुर्व राज्य मन्त्री लाल बहादुर विश्वकर्मा, बेलौरी नगरपालिका मेयर पदका उम्मेद्धवार पल्लव राज भट्ट लगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा नव प्रवेशी मनवीर ओडलाई पुर्व राज्य मन्त्री विश्वकर्मा लगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नव पार्टी प्रवेशी ओडले आफु धेरै साल देखि नेकपा माओवादीमा सक्रिय रुपमा लागेता पनी जुन पार्टीको लक्ष्य हो, त्यो पुरा हुन नसक्दै पार्टी टुक्रा टुक्रा भएर आफै फुटे पछि सबै सपनाहरु टुटेकाले आफु माओवादी केन्द्रमा खिन्न भएर एमालेमा प्रवेश गरेको बताउदै, अबका दिन देखि नेकपा एमालेको नियम अनुशासनमा कटिबद्ध भई आफ्नो कर्तव्य निर्वाह गर्ने पतिबद्धता व्यक्त गर्नु भयो ।