ताजा समाचार

News

डोटीको तिलतालीमा बाढी, ३२ घरमा क्षति, स्थानीयको भागाभाग

२०७४ बैशाख २८ बिहिबार
image not found
केशव महरा
वैशाख २८,डोटी ।
 
 डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्तीमाथिबाट ढुंगा–माटो, रुख बगाएर ल्याएको खहरेखोलाले धार परिवर्तन गरी बिहीबार गाउँमा पसेको थियो ।
 
भारी वर्षापछि आएको बाढी गाउँमा पस्दा स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित बनेका छन् । बाढीले घरभित्रका लत्ताकपडा, अन्नका साथै केही चौपाया र एउटा पोल्ट्रीफार्मसमेत बगाएको छ ।
 
बाढीले स्थानीयको खेतीयोग्य जमिनमासमेत ठूलो क्षति पुर्‍याएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले जानकारी दिए ।तत्कालको खतरा टरेपनि फेरि पानी पर्दा उत्तिकै डर रहेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडिबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All