ताजा समाचार

News

पश्चिमी नाका गड्डाचौकीबाट तीनजना युवतीको उद्वार

२०७४ बैशाख २८ बिहिबार
image not found
बैशाख २८,डिल्ली राज पन्त  । 
 
भारतमा व्युटिपालर्र तालिम र तालिम पाश्चात दुवईमा आर्कषक रोजगारी का लागी जाने पर्लोभनमा परी तेसा्रे मुलुक जान लागेका तीनजना युवतीको उद्वार गरिएको छ । 
 
काठमाण्डौ–दिल्ली रुट चल्ने चल्ने ना ५ ख ७२४६ नम्बरको २ जना सहोदर दिदि बहिनी र  ना ४ ख ४१५३ नम्बरको पोखरा–दिल्ली जाने बसबाट अर्की एक युवतीलाई  भारतको दिल्ली हुदै दुबई जान हिडेका तिनै जनाको बुधवार पश्चिमी नाका गड्डाचौकीबाट माईती नेपाल कञ्चनपुरले उद्धार गरेको हो ।
उद्धार हुनेमा  काठमाण्डौ सुन्दरीजलका २३ र १९ वर्षिय दिदीबहिनी र धादिङ्ग की ३७ वर्षिय युवती रहेका छन ।
 
नियमित चेकजँचका क्रममा नाकामा रोकिएको र सामान्य सोधपुछ गर्दा भारतको पुणे शरहर मा एक ब्युटि पार्लरमा काम गर्न गईरहेको उनीहरु वाट खुलेको थियो 
 
उनिहरुले  व्यटिपार्लरमा तालिम पश्चात उतै वाट दुवई जाने भने पछि ति युवती जोखिममा पर्ने भन्दै रोकेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ।
 
प्रारम्भीक सोधपुछमा भारतको पुणे शहरमा अवस्थीत सोनम ब्युटि पार्लरमा व्युटिपार्लर संवन्धि तालिम गर्न र उतै काम पनी गर्ने ति युवतीले माईति नेपाल समक्ष बताएपनी थप सोधपुछ गर्दा दुबै दिदीबहिनीको साथमा दलालले बाटोमा कसैले नरोकोस भन्नका लागि उक्त ब्युटि पार्लरले काम गर्ने मानिस चाहिएको कागजात र नेपालको आवश्यक कागजात समेत पठाएको भेटिएको संयोजक भट्ट ले जानकारी दिनुभएको छ ।
 
व्युटिपार्लर मलिक नेपाली महिला रहेको र उनले अन्य व्यक्तिको सहयोगमा नेपाली दिदि बहिनीलाई  दिल्ली हुदै व्युटिपार्लरमा काम गर्नुपर्छ भन्दै दुवई पठाउदै गरेको ति युवतीले माईति नेपाल समक्ष खुलाएकी थिईन ।