ताजा समाचार

News

एफबीआईका निर्देशक बर्खास्तपछि ड्रम्पले भनेः‘निर्णय सही छ’

२०७४ बैशाख २८ बिहिबार
image not found
बैशाख २८, काठमाडौं। 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।कोमीलाई पदबाट हटाइएपछि धेरैको आलोचनाको सामना गरिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय सही भएको दाबी गरेका हुन् ।उनले हिलारी क्लिन्टनको ईमेल छानबिन प्रकरणमा दोषी पाइएकाले कोमीलाई बर्खास्त गरेको बताए ।
 
ट्रम्पको चुनाव प्रचार र रुससँगको सम्बन्धबारे एफबीआई जाँचको अगुवाई कोमीले गरेका थिए ।राष्ट्रपति ट्रम्पले कोमीको ठाउँमा धेरै राम्रो काम गर्न सक्ने, एफबीआईको प्रतिष्ठान र उत्साहलाई कायम राख्न सक्ने व्यक्ति नियुक्त गरिने बताएका छन् । (एजेन्सी)