ताजा समाचार

News

कञ्चनपुरका गाउँ–गाउँमा खटाईए म्यादी प्रहरी

२०७४ बैशाख २८ बिहिबार
image not found
बैशाख २८,कञ्चनपुर । 
 
दोस्रो चरणको निर्वाचन हुन एक महिना भन्दा बढी समय रहेपनि कञ्चनपुरमा म्यादी प्रहरीलाई गाउँ–गाउँमा खटाईएको छ ।म्यादी प्रहरीमा छनोट भएकाहरुको आवश्यक तालिम सकिए पश्चात प्रहरीले उनीहरुलाई गाउँ–गाउँमा खटाएको हो ।यसअघि बैशाख ३१ गते नै देशैभर निर्वाचन हुने भनिएपछि एकै पटक म्यादी प्रहरी छानिएका थिए ।
 
तालिम सकिएपछि अहिले देखी नै शान्ति सुरक्षा कायम गराउन र गाउँ–गाउँमा प्रहरीको उपस्थिती देखाउनका लागि म्यादी प्रहरीलाई खटाईएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
 
‘उनीहरुको तालिम सकियो त्यतीकै बस्न दिनुभन्दा अहिले देखी नै उनीहरुलाई खटाउदा गाउँ–गाउँसम्म प्रहरीको उपस्थिती रहन्छ’ कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मोहन साउँदले भन्नुभयो, ‘शान्ति सुरक्षा कसरी गर्ने, अपराध नियन्त्रण लगायतका विभिन्न काममा उनीहरुलाई प्रशिक्षण दिएर जुनियर प्रहरी अधिकृतको कमाण्ड रहने गरि खटाइएको छ’ ।
 

प्रमुख समाचार

कर्मचारी

View All